चुरियामाई नजिक बस दुर्घटना, १७ यात्रु घाइते

ए वान डेस्क
७ मंसिर २०८१, शुक्रबार १४:२४

पथलैया–हेटौडा सडकखण्ड अन्तर्गत चुरियामाई मन्दिर नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १७ यात्रु घाईते भएका छन् ।

वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६२१ नम्बरको यात्रुबाहक बस चुरियामाई मन्दिर नजिक सडक छेउमा पल्टिएको हो ।
प्रहरीका अनुसार बस ब्रेक फेल भएर दुर्घटना भएको हो ।

घाइतेको हेटौडास्थित अस्पतालमा उपचार भईरहेको छ । घाइते सबै खतरामुक्त छन् । प्रहरीले बस चालकलाई सोधपुछका लागि नियन्त्रणमा राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*