वीरगन्ज भन्सार क्षेत्रबाट गाँजासहित भारतीय बृद्ध पक्राउ
वीरगन्ज भन्सार क्षेत्रबाट प्रहरीले लागू औषध गाँजासहित एक भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार प्रान्तको गोपालगन्ज जिल्लाको अमरापुर गाँउका ६५ वर्षिय गोगल महतो नुनिया रहेका छन् ।
उनलाई ७ किलोग्राम गाँजा सहित प्रहरीले पक्राउ गरेको हो।
बिहीबार वीरगन्जबाट भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका नुनियालाई वीरगन्ज भन्सार क्षेत्रको शंकरचार्य गेट नजिक प्रहरीले रोकेर चेकजाँच गर्दा उनको साथमा रहेको कालो रंगको झोलाबाट ७ केजी गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
गाँजासहित पक्राउ परेका नुनियालाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।















