सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घट्यो

ए वान डेस्क
११ मंसिर २०८१, मंगलवार १४:२३

मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २६०० रुपैयाँ घटेको हो ।
यससँगै मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि भन्सार दर घटाइएसँगै सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको थियो ।
जुन दिन सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो भने जुन दर सोमबारदेखि कार्यान्वयनमा आएको थियो ।

यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएकोमा मंगलबार घटेर १ हजार ८२० रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*