ट्रम्पको एउटा ‘स्टाटस’ ले तीन देशको मुद्रा गिरावट
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको एक अभिव्यक्तिका कारण क्यानडा, मेक्सिको र चीनका मुद्रामा गिरावट आएको छ ।
न्युयोर्क टाइम्सका अनुसार, मेक्सिकोको मुद्रा पेसो अमेरिकी डलरसँगको तुलनामा एकै दिनमा १।१८ प्रतिशतले कमजोर भएको छ।
यसैगरी, क्यानडाको मुद्रा क्यानाडियन डलर अमेरिकी डलरसँगको तुलनामा १ प्रतिशतले कमजोर भएको छ, जुन मे २०२० यताकै ठूलो गिरावट हो ।
चीनको मुद्रा युआनमा पनि गिरावट आएको छ, यद्यपि यो मेक्सिकोको तुलनामा कम छ। चिनियाँ मुद्रा युआन अमेरिकी डलरसँगको तुलनामा ०।३ प्रतिशतले कमजोर भएको छ ।
ट्रम्पले आफू सत्तामा आएपछि पहिलो दिनदेखि नै क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सबै सामानमा भारी शुल्क ९ट्यारिफ० लगाउने अभिव्यक्ति दिएका छन् । यी देशहरूबाट लागूपदार्थ र अवैध आप्रवासीको प्रवाह बन्द नभएसम्म यही नीति जारी राख्ने उनको बताएका हुन् ।















