सिमराका विशाल नेपालले जिते बाइफाई नेपालको दसैँ विशेष स्कुटर उपहार

ए वान डेस्क
२३ पुष २०८१, मंगलवार १२:३३

बाराको सिमरा निवासी विशाल नेपालले बाइफाई नेपालको बम्पर उपहार जितेका छन् । बाइफाई नेपालले घोषणा गरेको “बाइफाई भाइसँग दशैको बहार, खल्तीबाट पेमेन्ट गर्दा स्कुटर उपहार” अभियानको समापन समारोहका अवसरमा विजेतालाई उपहार प्रदान गरिएको हो ।

बाइफाई नेपालका प्रमुख कार्यकारी अधिकृत सत्रुघन पंजियारसहित बाइफाई नेपालका ब्राण्ड एम्बेसडर नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्का लगायतले संयुक्त रूपमा आभा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ नरबस्तीका विशाल नेपालकी आमा मिना नेपाललाई स्कुटर हस्तान्तरण गरेका हुन् ।

बाइफाई नेपालका प्रमुख कार्यकारी अधिकृत सत्रुघन पंजियारकै अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पारस खड्काले बाइफाई नेपालले छोटो समयमै धेरैलाई सेवा दिन सफल भएको बताए । बाइफाई नेपालले आफ्नो सेवासँगै खेल र खेलाडीको विकासका लागि गरिरहेको कामको पनि उनले सह्राना गरे ।

यस्तै पछिल्लो समय नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेट प्रेमीका कारण खेल र खेलाडीको विकासमा ठूलो सघाउ पुगेको पनि उनले बताए ।

बाइफाई नेपालका प्रमुख कार्यकारी अधिकृत सत्रुघन पंजियारले दशैको बहार समापन गरी रहँदा ग्राहकहरूबाट पाएको अपार स्नेह र साथले झनै प्रोत्साहित गरेको धारणा राखे । ‘स्पिड पनि र सस्तो पनि’ भन्ने भनाइका साथ सुरु गरेको बाइफाई नेपाल न्यून आर्थिक अवस्थाका व्यक्तिलाई लक्षित गरेर सञ्चालन गरिएको उनको भनाई छ । तीन वर्षको अवधिमा ६० हजार भन्दा बढी ग्राहक बनाउन सफल भएको बताउँदै उनले पूर्वको काँकडभित्तादेखि पश्चिमको कञ्चनपुरसम्म शाखा बिस्तार गरिएको जानकारी गराए ।

देशैभरका शाखाहरूमा बाइफाई नेपालले ४५१ जनालाई प्रत्यक्ष रूपमा रोजगारीको सृजना गरेको पनि उनले बताए ।

कार्यक्रममा वर्ल्ड लिंकका सूचित नेपाल, भिजी मोटर्सका क्षेत्रीय प्राविधिक अधिकृत सन्दीप कुमार कुशवाह, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी नीलिमा पौडेलले गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*