वीरगन्जमा आलु गोदामबाट भन्सार छलिका ७५ बोरा चामल बरामद

ए वान डेस्क
२३ पुष २०८१, मंगलवार १४:३८

वीरगन्ज–६ मीनाबजारस्थित आलुको गोदाममा अवैधरुपमा भण्डारण गरि राखिएको ७५ बोरा भारतीय चामल प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा मंगलबार बिहान वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्वमा खटिएको टोलीले आलु गोदाममा छापा मारेर ७५ बोरा चामल बरामद गरेको हो ।

मिना बजारस्थित आलु गोदाममा अवैध रुपमा भण्डारण गरिएको अवस्थामा विभिन्न ब्राण्डका ७५ बोरा भारतीय चामल बरामद गरिएको प्रहरी निरीक्षक चौलागाईले जानकारी दिदए ।
बरामद चामलको बजार मूल्य २ लाख रुपैयाँ भन्दा बढी रहेको उनले बताए । बरामद चामल वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।
यसका साथै वीरगन्जका विभिन्न स्थानमा भारतबाट तस्करी गरि ल्याइएका कपडा,स्पेयर पाट्र्स, ड्राइफुड्स,जुत्ता गरी २५ लाख मूल्यको अरु सामान पनि बरामद गरी मंगलबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*