स्वास्थ्य ल्याबमा मेयर सिंहकाे छड्के अनुगमन

ए वान डेस्क
२५ पुष २०८१, बिहीबार १२:५०

वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३ स्थित मालपोत कार्यालय चोकमा सञ्चालनमा ल्याएको स्वास्थ्य परिक्षण ल्याब९प्रयोगशाला० मा बिहीबार मेयर राजेशमान सिंहले छड्के अनुगमन गरेका छन्।

बिहीबार बिहानै प्रमुख प्रशासकीय अधिकृत अरविनणद लाल कर्णसंगै अचानक ल्याबमा पुगेर छड्के अनुगमन गरेका मेयर सिंहले ल्याबबाट प्रदान भइरहेका सेवा,उपकरणको अवस्था लगायतका बारे ल्याबमा कार्यरत स्वास्थ्य प्राविधिकहरुसंग जानकारी लिएका छन् ।

त्यसक्रममा उनले आम नागरिकका लागि सर्वसुलभ सेवा दिन महानगर आँफैले ल्याब सञ्चालनमा ल्याएकाले त्यसलाई ध्यानमा राखेर अझ सहज र गुणस्तरीय सेवा दिन ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए।

मेयर सिंहले ल्याबलाई अझ प्रविधियुक्त बनाउन र सेवा विस्तारका लागि आवश्यक उपकरण ,जनशक्ति महानगरपालिकाले थप गर्ने योजना रहेको बताए ।

वीरगन्ज महानगरबासिलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण९ल्याब० सेवा उपलब्ध गराउने उद्धेश्यले महानगरपालिकाले ३३ लाख रुपैयाँको लागतमा चार कोठे भवन निर्माण गरेर २०८० साल असोजदेखि आफ्नै स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको हो । उक्त ल्याबमा ५४ प्रकारका परिक्षण हुने गरेको छ ।

प्रयोगशालामा सीबीसी १ सय ७५रुपैयाँ , लिभर फंक्सन टेस्ट २ सय रूपैयाँ र लिपिट प्रोफाइल टेस्ट ३ सय रुपैयाँमा नै परीक्षण गर्ने गरिएको छ । बाहिर निजी प्रयोगशालाहरुले अहिले सीबीसी, लिभर फंक्सन टेस्ट, लिपिट प्रोफाइल टेस्ट परीक्षण गराउँदा ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँ सम्म लिने गरेका छन् ।
बजारमूल्य भन्दा ७५ प्रतिशत सस्तो परिक्षण सेवा ल्याबबाट उपलब्ध छ ।

त्यस्तै प्रयोगशालामा जेष्ठ नागरिक (बृद्द भत्ता पाईरहेका), मृगौला पिडित, क्यान्सर पिडित, एचआईभी संक्रमित, सहिद परिवार र मधेस आन्दोलनमा घाईते तथा विपन्न परिवारलाई सबैखाले परिक्षणमा ९० प्रतिशत छुट र अपांगता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*