राष्ट्रिय परिचयपत्र पालिका तहबाट वितरण गर्ने तयारी
४ माघ २०८१, शुक्रबार १३:३६
राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभाग महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्र पालिका तहबाट वितरण गर्ने योजना बनाइएको बताएका छन् ।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र सम्बन्धि भएको छलफलमा कटेलले सो कुरा बताएका हुन् ।
महानिर्देशक कटेलले राष्ट्रिय परिचयपत्रमा फर्केट डेटा कलेक्सन गर्न लागिएको समेत जानकारी दिए ।















