बाराको गढीमाइ मन्दिर क्षेत्र तनावग्रस्त

ए वान डेस्क
४ माघ २०८१, शुक्रबार १५:२२

बाराको गढीमाइ मन्दिर क्षेत्र हाल तनावग्रस्त बनेको छ।

महागढीमाइ नगरपालिकाभित्र पर्ने मन्दिर क्षेत्रमा बली दिने प्रयोजनको लागि भक्तजनलाई पशुपन्छी बिक्रीमा नगरपालिकाका मेयरले हस्तक्षेप गरेको भन्दै स्थानीय खुद्रा व्यापारीहरुले तोडफोड र विरोध प्रदर्शनमा उत्रिएका छन्।

यस घटनाले मन्दिर क्षेत्रको स्थिति तनावपूर्ण बनाएको छ।

गढीमाइ मन्दिरको ठूलो मेला भर्खरै सम्पन्न भएको थियो। यस मेलामा मन्दिर व्यवस्थापन समितिले पशुपन्छी बिक्री र वितरणको व्यवस्था गरेको थियो । जसमा ५० लाखभन्दा बढीको परेवा बिक्री भएको व्यापारीहरुको भनाइ छ। मेला सकिएपछि पनि मन्दिरमा नियमित पुजाआजा र बली दिने परम्परा जारी रहेको छ।

स्थानीय साना व्यापारीहरुले मन्दिर क्षेत्रको नियमित व्यापारमा हस्तक्षेप गर्न खोज्दा महागढीमाइ नगरपालिकाका मेयरले प्रहरीको प्रयोग गरी उनीहरुलाई लखेटेको र दमन गरेको आरोप लगाएका छन्। यसले गर्दा स्थानीय व्यापारीहरु विरोधमा उत्रिएका हुन्।

उनीहरुले लाठीसहित तोडफोड गर्दै प्रदर्शन गरेका छन्।

नगरपालिकाकी उपप्रमुख तारादेवी कानुका अनुसार मन्दिर व्यवस्थापन समितिले मात्र पशुपन्छी बिक्री वितरण गर्ने नियमको विरोध गर्दै प्रदर्शन भएको जानकारी प्राप्त भएको छ।

प्रदर्शनकारीहरुलाई नगरपालिकाले प्रहरी लगाएर लखेटेको आरोप गरिएको छ। यस घटनाका कारण गढीमाइ मन्दिर क्षेत्रको स्थिति तनावपूर्ण बनेको छ।

यस विषयमा थप जानकारीको लागि नगरपालिकाले कुनै टिप्पणी दिएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*