इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि नेपाल र म्यानमारबीच बुधबार फाइनल खेल हुने

ए वान डेस्क
१३ फाल्गुन २०८१, मंगलवार १२:५५

इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच बुधबार फाइनल खेल हुँदैछ ।

दुवै टोलीले फाइनलका लागि तयार भएको बताएका छन् । मंगलबार भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीले फाइनलका लागि तयार रहेको र उपाधि जित्ने दाबी गरेका छन् ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघिका तीन खेल राम्रो भएको र फाइनलका लागि तयार भएको बताए ।

यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि अहिलेसम्म सबैले राम्रो खेलेको र अब उपाधिका लागि फाइनलमा फाइट गर्ने बताइन् ।

म्यानमारका प्रशिक्षक र कप्तानले पनि फाइनलका लागि तयार भएको बताए ।
चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल र म्यानमार अपराजित रहँदै फाइनल पुगेका हुन् । दुवैले तीमध्ये दुई खेल जित्दा एक बराबरी खेल्दै समान ७ अंक जोडेका थिए । गोलअन्तरमा म्यानमार पहिलो र नेपाल दोस्रो हुँदै फाइनल पुगेको हो ।

नेपालले कीर्गिस्तान र लेबनानलाई समान १-० ले पराजित गरेको थियो । म्यानमारले लेबनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले हराएको थियो । नेपाल र म्यानमारबीच भएको लिगको अन्तिम खेल २-२ को बराबरीमा सकिएको थियो ।

नेपालले तीन खेलमा जम्मा ४ गोल गरेमो छ भने म्यानमारले १० गोल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*