पाथीभरा केबुलकार विवादमा बल प्रयोग भए आन्दोलनकारीको पक्षमा उभिन्छौं : प्रचण्ड

ए वान डेस्क
१३ फाल्गुन २०८१, मंगलवार १३:५४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने बताएका छन् ।

हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पाथीभराको मुद्दा सांस्कृतिक र भावनात्मक ऐतिहासिक मुद्दा भएको बताउँदै प्रचण्डले यसमा बल प्रयोग गर्ने दुस्साहस नगर्न सरकारलाई आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*