१५औ जीतपुरसिमरा गोल्डकप चैत्र ८ गतेदेखि हुने, तयारी तिब्र
ए वान डेस्क /
मौफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता जीतपुरसिमरा गोल्डकपको १५औ संस्करण चैत्र ८ गतेदेखि हुने भएको छ । नव जनजागृती युवा क्लब सिमराको आयोजनामा सिमरा रंगशालामा प्रतियोगिता हुन लागेको हो ।
यसअघि फागुन २१ गतेदेखि हुने भनिएकोमा आयोजकले प्रतियोगिताको मिति सारेको हो । मोफसलमा बिभिन्न प्र्रतियोगिता एकैपटक आयोजना भईरहेकै कारण रेफ्री उपलब्ध हुन नसक्ने भएकाले प्रतियोगिता सारिएको क्लबले जनाएको छ ।
चैत ८ गतेदेखि शुरु हुने प्रतियोगिता १५ गतेसम्म सञ्चालन हुनेछ । रातीको समयमा फ्लड लाईटमा आयोजना हुने प्रतियोगिताको तयारी आयोजकले तिब्र पारेको छ ।
आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताको तयारी तिब्र रुपमा भईरहेको बताउनुभयो ।

























