नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको हो ।
श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् ।
बिरामी भएकी उनी केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत थिइन् ।
सघन उपचारकक्ष (आईसीयु)मा उपचार गराई स्वास्थ्यमा सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो ।
वार्डमै उपचाररत रहँदा निधनको खबर आएको सूचना अधिकारी पाण्डेले बताए ।
उनी ३ बैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । २० जेठ २०६५ मा उनले अवकाश पाएकी थिइन् ।
८४ वर्षको उमेरमा उनको निधन भएको हो ।
























