प्यालेस्टाइनको समर्थनमा काठमाडौँमा प्रदर्शन

ए वान डेस्क
२२ फाल्गुन २०८१, बिहीबार १४:२७

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले प्यालेस्टाइनको समर्थनमा काठमाडौँमा प्रदर्शन गरेको छ । अमेरिकाले प्यालेस्टाइनलाई उपनिवेश बनाउने कोसिस भएको भन्दै विरोध गरेको हो ।

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले ‘अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौँ, स्वाधीनताको लागि संघर्षशील प्यालेस्टिनहरुप्रति ऐक्यबद्धता जनाऔँ’ लगायतका नारा सहित प्रदर्शन गरेका छन् ।
उनीहरुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पनि माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*