राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : मधेश प्रदेशबाट भण्डारीसहित पाँच जना मनोनयन
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले आयोजना गर्न लागेको `राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५´ का लागि मधेस प्रदेश विधातर्फ पाँच जना मनोनयनमा परेका छन् ।
अवार्ड छनौट समितिले सात प्रदेश र आठ विधागत गरी १५ विधातर्फ उत्कृष्ट पाँचमा पर्न सफल फोटो पत्रकारको नाम सार्वजनिक गरेको हो ।
जसअन्तर्गत मधेश प्रदेशतर्फ अन्नपूर्ण पोष्ट बाराका संवाददाता तथा इशिलालेख डटकमका संचालक दिवाकर भण्डारी, दि हिमालयन टाइम्सका वीरगन्ज संवाददाता राम सर्राफ , नयाँ पत्रिका दैनिकका वीरगन्ज संवाददाता तिवारी यादव, रासस प्रतिनिधि अर्मेद्रकुमार यादव र चन्द्रदेव साह मनोनयनमा परेका छन् ।
बैशाख १३ गते काठमाडौंमा आयोजित कार्यक्रमकाबीच मनोनयनमा परेकामध्ये एक जना पत्रकारलाई अवार्ड प्रदान गरिने राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।
समूहले यस पटक सात प्रदेश र आठ विधागत गरी १५ जनालाई फोटोपत्रकारिता अवार्डबाट पुरस्कृत गर्दैछ । कार्यक्रमकै अवसरमा जीवनभर फोटो पत्रकारितामा योगदान पुर्याएका एकजना अवकाशप्राप्त फोटो पत्रकारलाई `लाइफटाइम एचिभमेन्ट अवार्ड´ पनि प्रदान गरिने वन्तले बताएका छन् ।
अध्यक्ष वन्तको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिमा फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सूर्यज्योति लाइफ इन्स्योरेन्सका ब्राण्डिङ्ग एण्ड कम्युनिकेशन प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्राज्ञा वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दहाल रहेका छन् । वन्तले देशभरिका फोटो पत्रकारहरूबाट प्राप्त आवेदन तथा उनीहरुले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको आधारमा मनोनयन गरिएको जानकारी दिएका छन् ।
यसपटक विधागततर्फ दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटो पत्रकारिता समेटिएको छ । प्रदेशतर्फ मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका फोटो पत्रकारहरूलाई प्रदेशस्तरीय अवार्ड प्रदान गरिँदैछ।
मधेश प्रदेशतर्फ दिवाकर भण्डारी, राम सर्राफ, तिवारी यादव, अर्मेद्रकुमार यादव र चन्द्रदेव साह मनोनयनमा परेका छन् ।
कोशी प्रदेश फोटो पत्रकारिता अवार्डतर्फ अर्जुन कुलुङ राई, गुरु ढकाल, नेत्र बिमली, शरद जोशी र सुजन बज्राचार्य छनोट भएका छन् ।
ललितपुर महानगरपालिका बागमती प्रदेशतर्फ अमरदीप श्रेष्ठ, गणेश विष्ट, मिलन घिमिरे, नबिन पौडेल र उद्धवकुमार श्रेष्ठ छनोट भएका छन् ।
गण्डकी प्रदेशतर्फ विष्णु गौतम, खिम लामिछाने, किरण आचार्य, प्रेम थापा र सागर गिरी छनोट भएका छन् ।
लुम्बिनी प्रदेशतर्फ जानु पाण्डेय, खगप्रसाद चापागाई, माधवप्रसाद अर्याल, मनिष अर्याल र राज अधिकारी छनोट भएका छन् ।
रोयल इन्फिल्ड कर्णाली प्रदेशतर्फ अमरराज पुन, अमृतकुमार बुढाथोकी, बलबहादुर ओली, भारत घर्ती र कविराज कार्की मनोनयनमा परेका छन् ।
सुदुरपश्चिम प्रदेशतर्फ भुपेन्द्र ओली, विनोद विष्ट, खडक रावल, लोकेश साउद र माधव अवस्थी छनोट भएका छन् ।
























