शिक्षक आन्दोलनको २७ औं दिन, यस्तो देखियो बानेश्वर क्षेत्र

ए वान डेस्क
१५ बैशाख २०८२, सोमबार १४:५६

विद्यालय शिक्षा ऐनको माग गर्दै आज पनि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । गत चैत २० गतेदेखि काठमाडौंको नयाँ बानेश्वर–बबरमहल क्षेत्रको सडकमा शिक्षकहरूले प्रदर्शन गरिरहेका हुन् ।

प्रदर्शनका क्रममा हिजो शिक्षक र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो । आजको प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण रुपमा भइरहेको छ । विभिन्न प्लेकार्ड, नाराबाजी र सांस्कृतिक प्रस्तुतिसहित शिक्षकहरूले प्रदर्शन गरिरहेका हुन् ।

शिक्षकहरूको माग सम्बोधनका लागि सरकारले पटकपटक वार्ताको प्रयास गरे पनि असफल हुँदै गएको छ । आजैको संसद्मा पनि सांसदहरूले शिक्षकको मागका लागि गम्भीर हुन आग्रह गरेका छन् । त्यस्तै, संसद्मा सार्वजनिक महत्वको प्रस्ताव पनि विपक्षीहरूले दर्ता गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*