सुनको भाउ ५३ सय बढ्यो, तोलाको कति ?

अघिल्लो दिन सोमबार सुन तोलाको १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
ए वान डेस्क
२३ बैशाख २०८२, मंगलवार १२:२२

नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ । सोमबार तोलामा ५ सय बढेको सुन आज ५ हजार ३ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि ५५ रुपैयाँ बढेको छ । सोमबार तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*