प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता उद्घाटन, वडा नं. १ को विजयी सुरुवात

ए वान डेस्क
२३ बैशाख २०८२, मंगलवार १३:२५

प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ ।
प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पैडेलले उद्घाटन गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पौडेलले विकल रेग्मीको स्मृतिमा निजगढ नगरपालिकाले फुटबल प्रतियोगिता सञ्चालन गरेको भन्दै खुशी व्यक्त गरे । प्रतियोगितामार्फत खेलाडी उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा निजगढ नगर प्रमुख सुरथ पुरीले दिवंगत खेलाडीको सम्मान र शारिरीक खेलकुदलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको बताए । उनले प्रतियोगिता सफल पार्न सहयोग पु¥याउन योगदान गरेका पक्षलाई धन्यवाद व्यक्त गरे ।

त्यस्तै उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगर पुर्व मेयर सुरेशकुमार खनाल लगायतले फुटबल खेलको बिकासको बारेमा जोड दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य मीना लामा, वडा अध्यक्ष मंगले लाेप्चन, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् स्व. अनुपम घलानका पिता ललितबहादुर घलान, सुर्य थापा, टेकबहादुर लामा, रामचन्द्र कटुवाल, सईया गुराे, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्याल लगायत सहभागी थिए ।

त्यस्तै स्व. रेग्मीका आमा कमला रेग्मी, पिता जयन्द्र रेग्मी, स्व. साइमन योञ्जनका आमा कमला योञ्जन, स्व. अनुपम घलानका आमा ललिता पाख्रिन, स्व आदित्य बलम्पाखेका दाइ भक्तबहादुर बलम्पाखे, निजगढ़ फटबल क्लबका अध्यक्ष शम्भु थापालगायतको सहभागी थियो ।

नगर खेलकुद विकासका अध्यक्ष पुरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा समितिका सदस्य स्वर्णा लामाले स्वागत एवं योजना शाखा प्रमुख अजयकुमार उप्रेतिले सञ्चालन गरेका थिए ।

वडा नं. १ को विजयी सुरुवात

सोमबारबाट शुरु भएको प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगितामा वडा नम्बर १ विजयी सुरुवात गरेको छ ।

वडा नम्बर १ ले वडा नम्बर ९ का विरुद्ध २–० गोल अन्तरले विजय भएको हो ।

वडा नम्बर ९ स्थित शहिद हिरालाल रंगशालामा भएको खेलमा निजगढ–१ को खेलाडी जर्सी नम्बर ८ नवीन भोलोनले २ गोलको अन्तरले वडा नम्बर ९ लाई पराजित गर्दै निजगढ–१ ले प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।

खेलको म्यान अफ द म्याच निजगढ–१ का खेलाडी नवीन भोलोन घोषित भएका थिए ।

आज दुई खेल हुने

प्रतियोगिता अन्तर्गत आज मङ्गलबार दुईवटा खेल हुनेछन् । दिउँसो ३ः३० देखि शुरु हुने पहिलो खेलमा वडा नम्बर ५ र वडा नम्बर ११बबीच प्रतिस्पर्धा हुनेछ भने बेलुका ५ः०० बजेदेखि संचालन हुने दोश्रो खेलमा वडा नम्बर ३ र वडा नम्बर १२ बीच प्रतिस्पर्धा हुनेछ ।

बैशाख ३० गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैंया प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*