बिरगञ्ज महानगर प्रहरीद्वारा हरियाली प्रवर्द्धनमा जोड

ए वान डेस्क
१ जेष्ठ २०८२, बुधबार १३:२५

बिरगञ्जको आदर्शनगर रंगशालामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले रंगशालाको चारै किनारामा वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा बिरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बिरगञ्जलाई स्वच्छ, सफा र हरियाली शहर बनाउने अभियानलाई यो गतिविधिले थप टेवा पुर्‍याउने बताएका छन् । उनले यस्ता कार्यक्रमले वातावरण संरक्षणसँगै नगरको सौन्दर्य वृद्धिमा योगदान पुर्‍याउने बताएका हुन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले वृक्षारोपण वातावरण संरक्षणको अभिन्न अंग भएको उल्लेख गर्दै नगरबासीलाई हरियाली अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

बिरगञ्ज महानगर प्रहरीको आयोजना र ग्रिनसिटी सामुदायिकको सहकार्यमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा नगर प्रहरी इन्चार्ज हरि भुषाल, ग्रिन सिटी सामुदायिकका जयप्रकाश खेतान, समाजसेवी भोला कलवार लगायतको उपस्थिति रहेको थियो।

वृक्षारोपण अभियान अन्तर्गत विभिन्न प्रजातिका विरुवा रोपिएको र त्यसको संरक्षण र सम्वर्द्धन महानगरपालिकाले गर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*