जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव आजदेखी हुदै

ए वान डेस्क
२ जेष्ठ २०८२, बिहीबार १५:१२

बारा जिल्लाको जीतपुरमा आजदेखी जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव सुरु हुँदैछ ।

दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ को सहअयोजनामा महोत्सव हुन लागेको हो ।

जीतपुरको शान्ति टोल मैदानमा साँझ ६ बजे आयोजना हुने औपचारिक कार्यक्रमकाबीच बारा क्षेत्र नं.४ का सांसद एवम् पूर्वमन्त्री किसान श्रेष्ठले महोत्सवको उद्घाटन गर्नेछन् ।

जेठ २५ गतेसम्म आयोजना हुने महोत्सवले जीतपुरको पहिचान स्थापित गर्ने र बजारलाई थप चलायमान गर्न मद्दत पुर्याउने विश्वास आयोजकको छ ।

महोत्वसमा विभिन्न क्षेत्रका व्यावसायिक स्टल, बाल उद्यान, खेल र प्रदर्शनीसहित महोत्सव अवधिभर दिनहुँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङका अध्यक्ष बिमल खड्गीले जानकारी दिएका छन् ।

महोत्सवलाई झण्डै एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवमा बारा र पर्साको पर्यटकीय गन्तव्यको समेत प्रवद्र्धन गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*