प्रदेश २ : नगरपालिका संघको प्रथम प्रदेश भेला सिमरामा
फाईल फोटो
ए वान डेस्क /
नेपाल नगरपालिका संघको दुई नम्बर प्रदेश स्तरीय प्रथम प्रदेश भेला आज बाराको सिमरामा हुदैछ । सिमराको ईच्छा होटलमा अहिले बिहान ९ बजेदेखि शुरु हुने भेलाले प्रदेश कमिटि गठन गर्नेछ ।
देशभरीका नगरपालिकालाई संगठित गरेर अघि बढ्नुका साथै बिकास निमार्ण र समृद्धिको अभियानमा सहकार्य गरेर अघि बढ्ने उदेश्यका साथ संघ गठन भएको महाधिवेशन आयोजक समितिका सदस्यसमेत रहनुभएका जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । भेलामा प्रदेश नम्बर २ का नगर प्रमुख र उप–प्रमुखरुको उपस्थिति रहनेछ ।















