होटलमा श्रीमती भेट्न पुगेका युवक मृत फेला

ए वान डेस्क
३ असार २०८२, मंगलवार १३:१६

हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवक मृत फेला परेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी स्थायी घर भएका करिब ३० वर्षीय अमित मोक्तान सोमबार राति मृत फेला परेका हुन् ।

उनकी श्रीमती ममता प्रजा सोही होटलमा काम गर्थिन् । अमित राति घरको छतबाट खसेको प्रहरीले बताएको छ ।

मृतक मोक्तान उनलाई भेटन होटल पुगेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

होटलको तेस्रो तलास्थित छतमा पुगेका मोक्तान रेलिङबाट अचानक खस्न गई भुईंमा लडेको प्रहरीलाई भनिएको छ ।

प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई राति नै चितवनस्थित भरतपुर अस्पतालमा रिफर गरिएको थियो ।

उनलाई मंगलबार बिहान भरतपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेको डीएसपी अर्यालले बताए ।

प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको डिएसपी अर्याल बताउँछन् ।

मृतक मोक्तानको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*