पत्रकार महासंघ मधेस प्रदेशले पायो चार कठ्ठा जग्गा, आधुनिक भवन निर्माण गरिने

ए वान डेस्क
२१ श्रावण २०८२, मंगलवार १७:०६

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आफ्नै भवन निर्माणका लागि जग्गा प्राप्त गरेको छ । महासंघले गुठी संस्थानबाट सोमबार औपचारिक रुपमा चार कठ्ठा जग्गा लिजमा प्राप्त गरेको हो ।

काठमाडौंस्थित गुठी संस्थानको केन्द्रीय कार्यालयमा नेपाल पत्रकार महासंघ र गुठी संस्थानबीच जनकपुरधाममा रहेको चार कठ्ठा गुठी जग्गा लिजमा प्राप्त गर्न औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा र गुठी संस्थानका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज कुँवरले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दहाल, सचिव रमेश खतिवडा, केन्द्रीय लेखा संयोजक केसी लामिछाने, प्रदेश उपाध्यक्ष अम्बिका दाहाल, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, सचिव हदिस खुदार, सदस्य अजय साह, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, गुठी संस्थानका प्रमुख इन्जिनियर शालिकग्राम सुवेदीलगायतको उपस्थिति थियो।

सम्झौताअनुसार जनकपुरधाममा अवस्थित श्रीराम मन्दिर गुठीअन्तर्गतको उक्त चार कठ्ठा जग्गामा महासंघले बहुउपयोगी भवन निर्माण गर्नेछ। उक्त जग्गाको वर्तमान मूल्य करोडौंमा आँकलन गरिएको छ।

उक्त भवन निर्माणपछि मधेश प्रदेशमा सञ्चारकर्मीहरूका लागि एउटा स्थायी र अत्याधुनिक पूर्वाधार तयार हुने विश्वास गरिएको छ । जसले समग्र सञ्चारक्षेत्रको सुदृढीकरणमा ऐतिहासिक मोड ल्याउने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*