मकवानपुरमा आगलागीबाट २ करोडको क्षति

ए वान डेस्क
२० भाद्र २०८२, शुक्रबार १३:५२

मकवानपुरमा आगलागी हुँदै झन्डै २ करोड बराबरको क्षति भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका-५ गरगरे स्थित लिलाराम जिम्बाको किराना पसलमा शुक्रबार बिहान आगलागी भएको हो ।

आगो निभाउने क्रममा घरधनी ४५ वर्षीय लिलाराम जिम्बा घाइते भएका छन् ।

घाइते जिम्बालाई थप उपचारका लागि हेटौंडाबाट काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

घर धनीका अनुसार घर अगाडि बालेको दियोमा अचानक पेट्रोलको ड्रम पल्टिन जाँदा आगलागी भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट दुई तल्ले पक्की घर पूर्ण रूपमा जलेर क्षति भएको छ ।

यसैगरी नगद १५ लाख, ३० थान ग्यास सिलिन्डर, २ वटा मोटरसाइकल, खाद्यान्न, अन्नपात, लत्ता कपडा, फर्निचर लगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय फापरबारी, प्रहरी चौकी हात्तिसुँडे र अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीको टोली, हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको दमकलको सहयोगमा २ घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

बिहान करिब ७:४५ बजे  लागेको आगो बिहान ९:४० मात्रै नियन्त्रणमा आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*