बार्षिक कार्यक्रमको समिक्षा गर्दै एन प्याबसन सिमरा डुमरवानाद्धारा शुभकामना आदान प्रदानको आयोजना

पुस्कर चालिसे /
बडादशै, शुभ दिपावली र छठ पर्वको अवसरमा एन प्याबसन सिमरा डुमरवानाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । सोमबार लोटस स्कुलको बिद्यालयमा परिषरमा आयोजना गरिएको कार्यक्रममा एन प्याबसन अन्र्तगतका बिभिन्न निजि बिद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
एन प्याबसन सिमरा डुमरवाना हबमा बिभिन्न १२ वटा निजि बिद्यालय रहेका छन् । एन प्याबसनका केन्द्रिय सदस्य राम प्रसाद अधिकारीको बिशेष उपस्थितिमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो ।
एन प्याबसनले आयोजना गर्दै आएको बार्षिक कार्यक्रमको समिक्षा गर्दै सिमरा डुमरवाना हबले आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउने समेत बताएको छ । हालसम्म आयोजना गरिएको कार्यक्रम समिक्षा तथा आगामी कार्यक्रमको योजना बनाउदै सिमरा डुमरवाना हबले शुभकामना आदान प्रदान गरेको थियो ।
एन प्याबसन सिमरा डुमरवाना हबले बिद्यार्थिहरुलाई अतिरिक्त क्रियाकलापमा जोड दिने उदेश्यका साथ बिभिन्न कार्यक्रम आयोजना गर्दै आईरहेको छ । बार्षिक क्यालेन्डरनै बनाएर सिमरा डुमरवाना हबले आफ्नो कार्यक्रमहरु सञ्चालन गर्दैै आईरहेको छ ।