बारामा हैजा महामारी विरुद्धको खोप अभियान सुरु

ए वान डेस्क
२७ आश्विन २०८२, सोमबार १३:१४

बाराको ६ वटै पालिकामा असोज २७ गतेदेखि हैजा महामारी विरुद्धको खोप अभियान सुरु भएको छ ।

अभियान सुरु भएसंगै जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत २४ वटै वडाहरुमा एक बर्ष भन्दा माथिका सबै नागरिकलाई खोप लगाईने जीतपुरसिमरा उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए ।

अभियान अन्तर्गत प्रारम्भिक चरणमा जिल्लाका ६ पालिका कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुरमा खोप अभियान केन्द्रित रूपमा सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

जिल्लाका ६ पालिकाका तीन लाख ६५ हजार ९३१ जनालाई लक्षित गरी खोप अभियान संचालन हुने जिल्ला जनस्वास्थय कार्यालय बाराका जनस्वास्थय अधिकृत कञ्चन नेपालीले जानकारी दिएकी छिन् ।

अधिकृत नेपालीको अनुसार ६ वटा पालिकाहरुमा जीतपुरसिमरा उपमहानगरपालिकाका एक लाख २७ हजार ९५६, कलैया उपमहानगरपालिकाका एक लाख ३६ हजार ४३२, फेटा गाउँपालिकाका २८ हजार ६३, बिश्रामपुर गाउँपालिकाका २४ हजार तिन सय ५७, प्रसौनी गाउँपालिकाका २४ हजार आठ सय २० र परवानीपुर गाउँपालिकाका २४ हजार तिन सय तिन जनालाई खोप लगाईने उनले जानकारी दिईन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*