नहुने भयो जीतपुरमा महोत्सव
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर ७ स्थित जीतपुरमा गर्ने भनिएको प्रथम जीतपुर महोत्सव नहुने भएको छ । समय अभावका कारण जीतपुरमा महोत्सवमा गर्न नसकिनेभन्दै वडा कार्यालयले आज महोत्सव स्थगित गरिएको जनाएको छ ।
यसअघि जीतपुरमा यही चैत्र ८ गतेदेखि १९ गतेसम्म १० दिन मेला आयोजना गर्ने वडा कार्यालयले निर्णय गरेको थियो । तर समय अभावका कारण जीतपुरमा तत्कालका लागी महोत्सव गर्न नसकिएको वडा अध्यक्ष रामबाबु प्रसाद कलवारले जानकारी दिनुभयो ।















