चौथो रतनपुरी गोल्डकप : न्यु हिमाल फाईनलमा प्रवेश, उपाधीका लागी आयोजकसंग भिड्ने

ए वान डेस्क
९ कार्तिक २०८२, शनिबार २१:५७

ए वान डेस्क /
न्यु हिमाल युवा क्लब बाराको निजगढ नगरपालिका वडा नम्बर ११ मा जारी चौथो रतनपुरी गोल्डकप २०८२ को फाईनलमा प्रवेश गरेको छ ।

आज भएको दोश्रो सेमिफाईनल खेलमा योंग स्टार युनाईटेड क्लबलाई सडनदेथमा पराजित न्यु हिमा युवा क्लब प्रतियोगिताको फाईनमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रकेरमा धकेलिएको थियो ।

टाईब्रकेरमा पनि दुवै टिले बराबरी खेलेपछि खेल सडनदेथमा पुगेको थियो । सडनदेथमा भने योंग स्टार चुकेपछि न्यु हिमाल युवा क्लबले फाईनको स्थान सुरक्षित गरेको हो । उपाधीका लागी अब न्यु हिमाल युवा क्लबले आयोजसंग फाईनल खेल खेल्नेछ ।

आयोजक रतनपुर युनाईटेड क्लब यसअघि पहिलो सेमिफाईन खेलमा विजयी हुदै फाईनल प्रवेश गरेको थियो । प्रतियोगिताको फाईनल खेल कार्तिक १० गते हुनेछ । खेल दिउसो ३ बजेदेखि शुरु हुने आयोजक क्लबका सचिव अजय गुरोले जानकारी दिनुभयो ।

असोज ३१ गतेदेखि शुरु भएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले १ लाख र उप बिजेताले ५० हजार रुपैया पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*