आयोजकले उचाल्यो चौथो रतनपुरी गोल्डकप २०८२ को उपाधी

ए वान डेस्क
१२ कार्तिक २०८२, मंगलवार ०९:०८

ए वान डेस्क /

आयोजक रतनपुर युनाईटेड युथ क्लबले चौथो रतनपुरी गोल्डकप २०८२ को उपाधी उचालेको छ । आज भएको फाईनल खेलमा न्यु हिमाल युवा क्लबलाई पराजित गर्दै आयोजकले उपाधी उचालेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा आयोजकले न्यु हिमाल युवा क्लबलाई १-० गोल अन्तरले पराजित गरेको थियो । आयोजकको जितमा कुलदिप कार्कीले निर्णायक गोल गरेका थिए ।

बिजेतासंगै आयोजक रतनपुर युथ क्लबले १ लाख रुपैया हात पारेको छ भने न्यु हिमाल युवा क्लबले ५० हजार रुपैयामा चित्त बुझाएको छ । प्रतियोगिता अन्र्तगत आयोजकका कुलदिप कार्की म्यान अफ द म्याच घोषित भए ।

यसैगरी बिधागततर्फ उत्कृष्ट प्रशिक्षकमा आयोजकका मुनिलाल कुवर, उत्कृष्ट गोलरक्षकमा आयोजकका दिलमनी चौधरी, सर्वाधिक गोलकर्तामा आयोजकका कप्तान आशालाल कुवर, सर्वोत्कृष्ट खेलाडीमा आयोजकका रोशन पहारी घोषित भए ।

प्रतियोगिताको बिजेता र उप बिजेता टिमसंगै बिधागत उत्कृष्ट भएका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उप प्रमुख सोममाया थिङ, वडा नम्बर ११ का वडा अध्यक्ष सहईया गुरो लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

निजगढ नगरपालिका वडा नम्बर ११ स्थित श्री नेपाल राष्ट्रिय माद्ययमिक बिद्यालयको खेल मैदानमा असोज ३१ गतेदेखि शुरु भएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*