सार्वजनिक जग्गा खाली गर्ने सम्बन्धी सात दिने सूचना

ए वान डेस्क
१९ कार्तिक २०८२, मंगलवार १३:४४

जितपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक जग्गा खाली गर्ने सम्बन्धमा सात दिने सूचना जारी गरेको छ।

जिल्ला बारा, साविक फत्तेपुर गा.वि.स. वडा नं. १ मा पर्ने कित्ता नम्बर १११ ज.बि. ०–२–११काे जग्गा सम्बन्धमा उपमहानगरपालिकाको न्यायिक समितिबाट मिति २०७८ साल पुस १६ गते, जिल्ला अदालत कलैयाबाट मु.नं. ०७९–PD–०००७ र जनकपुर अस्थायी ईजलास वीरगञ्जबाट मु.नं. ०८०–DP–१२३१ मा भएका न्यायिक निर्णयहरूको आधारमा सो सूचना जारी गरिएको हो।

निर्णय अनुसार सो जग्गा सार्वजनिक /ऐलानी प्रकृतिको भएकाले सो स्थानमा कब्जा गरी निर्माण गरिएका घर तथा टहराहरू सात दिनभित्र हटाई जग्गा खाली गर्न उपमहानगरपालिकाले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

उपमहानगरपालिकाले तोकिएको समयावधिभित्र जग्गा खाली नगरेमा प्रचलित कानुन बमोजिम आवश्यक कार्यवाही अघि बढाइने जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*