सिमरा खानेपानीको निर्वाचन तालिका सार्वजनिक, मंसिर ६ गते मतदान

ए वान डेस्क
२० कार्तिक २०८२, बुधबार १६:३९

सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिले बुधबार दिउँसो कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार नयाँ नेतृत्व चयनका लागि कार्तिक २० गते बिहीबारदेखि प्रक्रिया सुरु हुनेछ भने मंसिर ६ गते मतदान हुने भएको छ । १७ दिने तालिका अन्तर्गत कार्तिक २० गते अपरान्ह ४ बजे मतदाताको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ ।

यसैगरी २२ दाबीविरोध र २३ गतेको अन्तिम नामावली प्रकाशन गर्ने गरी तालिका बनाइएको छ । निर्वाचन समितिले ११ सदस्यीय कार्यसमितिका लागि कार्तिक २५ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिने जनाएको छ ।

विभिन्न पदका लागि परेका मनोनयनमा छानविन गरी समितिले कार्तिक २९ गते बिहान उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई चुनाव चिन्ह उपलब्ध गराउने भएको छ ।

यसैगरी समितिले कार्तिक ३० गते नमूना मतपत्र प्रकाशन गरेलगत्तै सुरु हुने प्रचारप्रसारको समय मंसिर ४ गते राति १२ बजेसम्मका लागि तोकेको छ । उक्त समयपछि चुनाव नहुँदा मौन अवधी रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*