हातेमालो साकोस सिमरामा रामचन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

ए वान डेस्क
२४ कार्तिक २०८२, आईतवार १५:१७

बाराको सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अधिवेशसहितको १८औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले रामचन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा मनकुमारी खनाल, सचिबमा चुडामणि गौतम, कोषाध्यक्षमा पेसल कुमार मुल्मी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा मन्जु दहाल, राजु पौडेल, बिनामाया गुरुङ, अजय बि क, पासपत प्रसाद साह चयन हुनुभएको छ ।

यस्तै लेखा समितिको संयोजकमा यज्ञ बहादुर आले र सदस्यहरुमा हेमराज न्यौपाने, सुनिता सापकोटा चयन हुनुभएको छ । यसअघि साधारणसभाको संस्थाका जेष्ठ सदस्य देबिभक्त लम्सालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पुर्व मन्त्री पुरुषोतम पौडेल, पुर्व प्रदेश सभा सदस्य सुन्दर बहादुर बिक, सस्थाका पुर्व उपाध्यक्ष सीता गुरुङ लगायतको उपस्थिति रहेको थियोे ।

संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव ईदृश मियाले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*