प्रथम अक्षरा महिला क्रिकेट : अक्षरा, सेन्ट जोन्स र लोटसको विजयी शुरुवात
प्रथम अक्षरा महिला क्रिकेट प्रतियोगिता २०८२ मा अक्षरा पाठशालाले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा मिसन एकेडेमीलाई पराजित गर्दै अक्षराले विजयी शुरुवात गरेको हो ।
जीतपुरमिसरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित क्रिकेट खेल मैदानमा भएको प्रतियोगितामा मिसन एकडेमीलाई अक्षराले ८ विकेटले पराजित गरेको थियो । प्रतियोगिता अन्र्तगत अक्षराकी सुस्मिता चौधरी प्लेयर अफ द म्याच घोषित भईन् । यस्तै दोश्रो खेलमा लोटस एकेडेमी सिमरा विजयी भएको थियो । एकता स्कुललाई लोटसले ८ विकेटले पराजित गरेको थियो ।
प्रतियोगिता अन्र्तगत लोटसकी रागिनि दास प्लेयर अफ द म्याच घोषित भईन् । यस्तै आजै भएको तेश्रो खेलमा सेन्ट जोन्स एकेडेमी विजयी भएको छ । होलि गार्डेनलाई सेन्ट जोन्सले १५ रनले पराजित गरेको थियो । प्रतियोगिता अन्र्तगत सेन्ट जोन्सकी प्रशंसा पौडेल प्लेयर अफ द म्याच घोषित भईन् । प्रतियोगिताको आज एक कार्यक्रमकाबिच चर्चित क्रिकेट अनिल साहले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा एन प्याव्सनका केन्द्रिय सदस्य राम प्रसाद अधिकारी, सिमरा कलेजका सह प्राध्यापक शालिकराम अधिकारी लगायतको उपस्थिति रहेको थियो । अक्षरा पाठशालाका प्रिन्सिपल नरेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक ऋषि काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा एन प्याव्सन सिमरा डुमरवाना बसन्त ढकालले स्वागत मन्तब्य राख्नुभएको थियो ।
प्रतियोगिता कार्तिक २९ गतेसम्म चल्नेछ । प्रतियोगितामा १० वटा बिद्यालयको सहभागिता रहेको छ । एन प्याबसन सिमरा डुमरवाना अन्र्तगतको बार्षिक अनुसार बिद्यालयले पहिलो पटक प्रतियोगिता आयोजना गरेकोे हो ।
प्रतियोगितामा लोटस एकेडेमी, न्यु एकता, एसपिईस, एक्स सर्भिसमेन, सेन्ट जोन्स, हालि गार्डेन, पाथिभारा, राष्ट्रिय बिभुती, मिसन एकेडेमी र अक्षरा पाठशालाको सहभागिता रहेको छ ।
























