सिमरा खानेपानीको नयाँ नेतृत्वमा युवराज न्यौपानेको प्यानल बिजयी

ए वान डेस्क
९ मंसिर २०८२, सोमबार १३:४२

सिमरा खानेपानीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा युवराज न्यौपाने नेतृत्वको प्यानल बिजयी भएको छ । अन्तिम मतपरिणाम अनुसार चरा चुनाव चिन्हका सबै उम्मेदवार फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा न्यौपानेले दुई सय ९ मतको अग्रतासहित जित हात पारेका छन् । उनले एक हजार एक सय १६ मत प्राप्त गर्दा गुलाबको फुल चुनाव चिन्हका प्रकाश खुलालले नौ सय सात मत प्राप्त गरेका थिए ।

यसैगरी चश्मा चुनाव चिन्हका पूर्णचन्द्र तिमिल्सिनाले पाँच सय ९१, घर चुनाव चिन्हका शशी गौतमले दुई सय ३३ र खुल्ला किताब चुनाव चिन्हका राजकुमार भट्टराईले दुई सय १५ मत पाएका छन् ।

उपाध्यक्ष पदमा चराका हरिप्रसाद सिंखडा सर्वाधिक एक हजार एक सय ८७ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी गुलाबको फुलकी मिठुमाया थिङ्ले सात सय ८४ मत प्राप्त गरेका हुन् । चश्मा चुनाव चिन्हका झंकनाथ लामिछानेले पाँच सय ९५ मत पाएका हुन् ।

घर चुनाव चिन्हकी निर्मला केसीले दुई सय ८९ मत पाइन् ।

सचिव पदमा चराका अमृत बस्याल एक हजार एक सय ७८ मतसहित बिजयी भएका हुन् ।

उनको प्रतिद्वन्दी गुलाबको फुलकी सरस्वती अधिकारीले सात सय ५४, चश्माका लोकराज पौडेलले पाँच सय २५, खुल्ला किताबका राजेन्द्रकुमार सुवेदीले दुई सय ६१ र घरका मुस्तफा अंसारीले दुई सय २५ मत पाएका छन् ।

सहसचिव पदमा चराका कृष्णकुमार रिमाल एक हजार एक सय ७८ मत प्राप्त गर्दै बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी गुलाबको फुलका कर्णबहादुर खड्काले सात सय ५७, चश्माका होमप्रसाद रकालले पाँच सय ७७ र घरका मुमनाथ शर्माले दुई सय ६७ मत पाएका छन् ।

कोषाध्यक्ष पदमा रामकुमार अर्याल एक हजार एक सय ३५ मतसहित निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी सुशीला कार्कीले सात सय २२, राजुप्रसाद उपाध्यायले पाँच सय ६८, खुल्ला किताबका राजकुमार भट्टराईले दुई सय ५९ र घरकी चम्पा पाख्रीनले दुई सय ५१ मत ल्याएका छन् ।

सदस्य पदमा चरा चुनाव चिन्हकै उम्मेदवार दिलुमाया तामाङ्नी ९११४३०, सुष्मा पण्डित ९११३७०, कल्पनाकुमारी क्षेत्री ९११५५०, कृष्णकुमारी श्रेष्ठ ९११६३०, जागेश्वर पौडेल ९११२५० र सूर्यसिंह क्षेत्री ९१०८३० निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शालिकराम अधिकारीले जानकारी दिएका हुन् ।

नयाँ नेतृत्व चयनका लागि मङ्सिर ६ गते निर्वाचन भएको थियो । निर्वाचनमा तीन हजार तीन सय २० मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*