विवाह पञ्चमीका अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा
मधेश प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले आउने २०८२ साल मंसिर ९ गते, मंगलबार हुने विवाह पञ्चमीका अवसरमा सार्वजनिक बिदा रहने जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २०८१ साल चैत्र २२ गते प्रकाशित प्रदेश राजपत्रमा उल्लेख गरिएको २०८२ सालका बिदा सम्बन्धी सूचनाअनुसार सो दिन प्रदेशभर सार्वजनिक बिदा प्रदान गरिनेछ। यस सम्बन्धमा जनकपुरधामस्थित मन्त्रालयले सूचना जारी गर्दै सबै कार्यालय, संस्था तथा सर्वसाधारणलाई जानकारी गराएको हो।
विवाह पञ्चमी भगवान् राम र सीताकाे पवित्र विवाह पर्वका रूपमा मधेश प्रदेशमा भव्य रूपमा मनाइने महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक दिन हो।























