बारा ३ मा कुलमानको पार्टीबाट डुमरवानाका गुरुङको उम्मेदवारी

ए वान डेस्क
७ माघ २०८२, मंगलवार २१:१२

ए वान डेस्क /

युवा व्यवसायी एवं समाजसेवी तिर्थबहादुर गुरुङले उज्यालो नेपाल पार्टीबाट बारा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको लागी उम्मेदवारी दिएका छन् । जीतपुरसिमरा १५ डुमरवाना निवासी गुरुङ यसअघि नेकपा माओवादी केन्द्रको जीतपुरसिमरा नगर कमिटि सदस्य थिए ।

वाईसिएल नेपालका केन्द्रिय सदस्यसमेत रहेका गुरुङले माओवादी केन्द्र परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका हुन् । गुरुङको प्रस्तावकमा बिष्णु प्रसाद अधिकारी र समर्थकमा शिवशंकर चौधरी रहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*