इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई जिल्ला प्रशासन कार्यालय बाराको आग्रह

ए वान डेस्क
८ माघ २०८२, बुधबार १३:४०

जिल्ला प्रशासन कार्यालय बाराले शान्तिसुरक्षा कायम गर्न व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनाअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयमुक्त, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाभित्र विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार तथा खरखजाना माघ १८ गतेभित्र बुझाउनुपर्ने उल्लेख गरिएको छ।

प्रशासनले नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा ती हातहतियार तथा खरखजाना बुझाउन अनुरोध गरेको छ।

बुझाईएका हातहतियार तथा खरखजाना निर्वाचन सम्पन्न भए पश्चात सम्बन्धित धनीलाई फिर्ता गरिनेछ ।

तोकिएको समयभित्र नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत जिल्ला प्रशासन कार्यालयले दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*