सिमराका डिएसपी जोशीको सरुवा, क्षेत्री आउने
बाराको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीको सरुवा भएको छ। जोशीको काठमाडौँस्थित प्रहरी प्रधान कार्यालय (हेडक्वाटर)मा सरुवा भएको हो।
डिएसपी जोशी सिमरामा रहँदा शान्ति सुरक्षा मजबुत बनाउन, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
जोशीको सरुवासँगै ईलाका प्रहरी कार्यालय सिमराको नेतृत्व अब डिएसपी दिलिप क्षेत्रीले सम्हाल्ने भएका छन्। डिएसपी क्षेत्री काठमाडौँस्थित प्रहरी हेडक्वाटरबाट सरुवा भई सिमरा आउन लागेका हुन् ।























