चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

ए वान डेस्क
१३ माघ २०८२, सोमबार १९:२०

चोरीको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–७ छतिवन घर भएका २५ वर्षीय ब्रिजन तामाङ र सोही ठाउँका २३ वर्षीय युनिक तामाङ छन् । उनीहरुलाई आइतबार ललितपुरको बागमती गाउँपालिका–३ कान्तिलोकपथबाट प्रहरी चौकी भट्टेडाँडाको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले चेक गर्ने क्रममा मोटरसाइकल नरोकी उनीहरु फरार भएका थिए । त्यसपछि शंका लागेर पच्छ्याउँदै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

सो क्रममा उनीहरुबाट चोरीका दुई मोटरसाइकल बरामद भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*