भन्सार छलीका लाखौं मूल्य बराबरका सामान बरामद

ए वान डेस्क
१४ माघ २०८२, मंगलवार १४:२०

जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार राति भन्सार छलीका लाखौं मूल्य बराबरका सामान बरामद गरेको छ।

वीरगन्ज महानगरपालिका ७ रेल्वे सडकखण्डस्थित एक गोदामबाट प्रहरीले अवैध रूपमा भण्डारण गरिएको करिब ३० लाख रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको हो।

विशेष सूचनाका आधारमा प्रहरीले विकास गोयलले सञ्चालन गरेको तथा बिन्दु गोयलको नाममा दर्ता रहेको एस.बी. ट्रेडिङमा छापा मारेको थियो।

गोदामबाट पेन्सिल, इरेजर, कटर, रबर, तास, टेप, बेलुन, लाइटर, जिपर, गुच्चा लगायतका विभिन्न खुद्रा सामान अवैध रूपमा भण्डारण गरिएको अवस्थामा बरामद गरिएको पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

बरामद गरिएका सामग्रीहरू आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*