बारामा आमा र छोराको हत्या, एक पुरुष पक्राउ
बाराको परवानीपुरमा बुधबार बिहान धारिलो हतियार प्रहार गरी आमा र छोराको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धर्मेन्द्र महतो रहेका छन् । उनको थप विवरण खुल्न बाँकी छ ।
घटनाको अनुसन्धान गर्ने क्रममा ती पुरुषको संलग्नता देखिएपछि पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता बिजयराज पण्डितले जानकारी दिएका छन् ।
प्रहरीले यसअघि घटनामा मारिएकी सुमित्रादेवीकी २८ वर्षीया बुहारी मनिता देवीलाई नियन्त्रणमा लिएको थियो ।
परवानीपुर गाउँपालिका १ रहरियाडीमा बुधबार बिहान २ बजे चक्कु प्रहार गरेर ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको हत्या गरिएको थियो ।
घटनामा सुमित्राका ५२ वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीय छोरी रिनाकुमारी घाइते छन् । घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।























