कतारमा GCC सुरक्षा अभ्यास “अरबियन गल्फ सेक्युरिटी–४” सुरु
कतार राज्यद्वारा आयोजना गरिएको खाडी सहयोग परिषद् (GCC) सदस्य राष्ट्रहरूको सुरक्षा निकायहरूको संयुक्त रणनीतिक अभ्यास “अरबियन गल्फ सेक्युरिटी–४” आज औपचारिक रूपमा सुरु भएको छ।
अभ्यास गृह मन्त्री तथा आन्तरिक सुरक्षा बल “लेख्विया” का कमाण्डर शेख खलिफा बिन हमद बिन खलिफा अल थानीको संरक्षणमा सञ्चालन भइरहेको छ।
उद्घाटन समारोहमा गृह मन्त्रालयका अवर सचिव अब्दुल्लाह बिन खलाफ बिन हट्टाब अल काबी, GCC महासचिवालयका सुरक्षा मामिलाका सहायक महासचिव ब्रिगेडियर हमद अज्लान अल अमिमी, साथै GCC सदस्य राष्ट्रका वरिष्ठ सुरक्षा नेतृत्व, अधिकृतहरू र सहभागी सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।
अभ्यास ४ फेब्रुअरी २०२६ सम्म चल्नेछ।
यसमा GCC सदस्य राष्ट्रहरूको सुरक्षा बलका साथै संयुक्त राज्य अमेरिकाका विशेष सुरक्षा इकाइहरूको सहभागिता रहेको छ।
अभ्यास अन्तर्गत ७० भन्दा बढी प्रशिक्षण परिदृश्यहरू समावेश छन् । कुल अवधि २६० घण्टा भन्दा बढीको सघन मैदानी प्रशिक्षण हुनेछ।
यो अभ्यासको मुख्य उद्देश्य सुरक्षा तयारी सुदृढ पार्नु, आपसी समन्वय मजबुत बनाउनु, र विभिन्न सुरक्षा चुनौतीहरू सामना गर्न सञ्चालन योजना तथा प्रतिक्रिया संयन्त्रको प्रभावकारिता परीक्षण गर्नु हो। यसले खाडी क्षेत्रका सुरक्षा निकायहरूले हासिल गरेको उच्च व्यावसायिकता र उन्नत क्षमताको स्पष्ट झल्को प्रस्तुत गर्दछ।






















