चाँदीसहित वीरगन्जका युवक पक्राउ

ए वान डेस्क
१६ माघ २०८२, बिहीबार १४:३२

वीरगन्जका एक युवक करिब १७ लाख रुपैयाँ बराबरको चाँदीसहित काठमाडौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ का २५ वर्षीय किसन साह रहेका छन्।

प्रहरीका अनुसार वीरगन्जबाट काठमाडौं जाँदै गरेको म.प्र.०१–००१ ख ७७२१ नम्बरको यात्रुबाहक बसलाई काठमाडौंको थानकोट क्षेत्रमा रोकेर जाँच गरिएको थियो।

जाँचका क्रममा साहको साथबाट दुई किलो पाँच सय ग्राम चाँदी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

बरामद गरिएको चाँदीको बजार मूल्य करिब १६ लाख ९० हजार रुपैयाँ रहेको छ। प्रहरीले साहलाई नियन्त्रणमा लिई चाँदीको स्रोत तथा ओसारपसारको उद्देश्यबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*