बिश्रामपुर–बरैनियामा जसपा नेपालको चुनावी कार्यालय उद्घाटन, युवाको मोटरसाइकल र्यालीसहित समर्थन
बारा क्षेत्र नं. ४ अन्तर्गत बिश्रामपुरको बरैनियामा जनता समाजवादी पार्टी नेपालको चुनावी प्रचार–प्रसार कार्यालय उद्घाटन भएको छ। कार्यक्रमको उद्घाटन लोसपा नेता एवं पुर्व मुख्यमन्त्री जितेन्द्र सोनलले गर्नुभएको थियो ।
उद्घाटन समारोहमा छाता छापका उम्मेदवार सन्जु साहलाई विजयी गराउन आह्वान गरिएको थियो। कार्यक्रममा क्षेत्रका सयौँ युवाहरूले मोटरसाइकल र्याली निकाल्दै उत्साहजनक समर्थन जनाएका थिए।
कार्यक्रममा सहभागीहरूले “छाता छाप जिन्दावाद”का नारासमेत लगाउँदै चुनावी माहोललाई थप तातेको देखिएको थियो। स्थानीयस्तरमा युवाहरूको सक्रिय सहभागिताले आगामी निर्वाचनमा जसपा नेपालको स्थिति मजबुत बन्दै गएको समर्थकहरूको दाबी छ।















