सफल्ताको एक बर्ष : सिमरामा केटिएम कन्सल्टिङ ग्रुपको उत्साहपूर्ण कार्यक्रम, उपहार बाडेर मनायो खुशीयाली
बाराको सिमरामा रहेको केटिएम कन्सल्टिङ ग्रुपले १ बर्ष पुरा गरेको छ । स्थापनाको १ बर्ष पुरा भएको अवसरमा केटिएम कन्सल्टिङ ग्रुपले सिमरामा आज बिशेष कार्यक्रमको आयोजना गरेको छ ।
सिमराको श्रेष्ठ रेसिडेन्सि होटलमा आयोजित कार्यक्रमको एन प्याब्सनका केन्द्रिय सदस्य राम प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्याब्सन बाराका अध्यक्ष राजु कार्की, सिमरा कलेजका सह प्राध्यापक शालिकराम अधिकारी, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष शम्भु खड्गी, जेसिज सिमराका अध्यक्ष सुमित अधिकारी, युवा समाजसेवी सुजन कडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले छोटो समयमा केटिएम कन्सल्टिङ ग्रुपले गरेको कार्यको प्रशंसा गरेका थिए । केटिएम कन्सल्टिङ ग्रुपले शैक्षिकसंगै सामाजिक क्षेत्रमा समेत आफ्नो भुमिका निर्वाह गर्दै आएको भन्दै वक्ताहरुले आगामी यात्राको शुभकामना दिएका थिए ।
केटिएम कन्सल्टिङ ग्रुप सिमरा शाखाका प्रमुख रितेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आस्क ग्लोबलका म्यानेजर परिवेश पौडेलले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बोल्दै केटिएम कन्सल्टिङ ग्रुप सिमरा शाखाका प्रमुख रितेश शर्माले छाटो समयमा सबैको मन मुटुमा आफुहरु बस्न सफल भएको बताउनुभयो ।
सो क्रममा शर्माले केटिएम कन्सल्टिङ ग्रुप सिमरा शाखाको प्रगति बितरण समेत प्रस्तुत गर्नुभएको थियो । आफ्ना कार्ययोजना सहित प्रगति विवरण सार्वजनिक गर्दै शर्माले आगामी योजनाको बारेमा समेत जानकारी गराउनुभएको थियो । सो अवसरमा केटिएम कन्सल्टिङ ग्रुपले बिभिन्न बिधातर्फ सहभागिहरुलाई उपहार समेत प्रदान गरेको थियो ।
कार्यक्रममा ५० जना भन्दा युवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई केटिएम कन्सल्टिङ ग्रुप सिमरा शाखाका निशान शर्माले धन्यवाद समेत दिनुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो ।
















