‘सिमरा महोत्सवको तयारी अन्तिम चरणमा’
बाराको सिमरामा चैत्र ९ गतेदेखि शुरु हुन गईरहेको प्रथम सिमरा औद्योगिक व्यापार मेला तथा खेलकुद महोत्सव २०७४ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । महोत्सव आयोजक मुल समारोह समितिले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी तयारी बारे जानकारी दिएको हो ।
औद्योगिक शान्ति नेपाल काठमाण्डौ र नव दुर्गा युवा क्लब सिमराको मुख्य आयोजनामा चैत्र ९ गतेदेखि सिमरा रंगशालामा १० दिने महोत्सव हुदैछ । महोत्सवमा आधाभन्दा बढि तयारी पुरा भईसकेको आयोजक मुल समारोह समितिका सचिव शैलेस राज अर्यालले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा अर्यालले महोत्सवमा मुख्य प्रायोजकको रुपमा टुर्वोग रहने जानकारी दिनुभयो । महोत्सवको बिभिन्न उप–समितिमार्फत धमाधम तयारी भईरहेको उहाले बताउनुभयो । महोत्सवमा भेट्रान्स क्लब सिमरा सह–आयोजक र हाम्रो समन क्याम्प हेटौडा ईभेन्ट पार्टनरको रुपमा रहेको छ ।
यस्तै अफिसिएल मिडिया पार्टनरको रुपमा ए वान समाचार डटकम रहेको छ । १० दिनसम्म खेलकुद महोत्सवसमेत हुने सचिव अर्यालले जानकारी दिनुभयो । महोत्सवमा १६ वटा टिमले सहभागीता जनाउने खेलकुद उप समितिका संयोजक समिर आलेले जानकारी दिनुभयो ।
महोत्सवमा एक दिन महिला फुटबल प्रतियोगिता समेत हुने आलेले बताउनुभयो । खेलकुद महोत्सवको बिजेताले १ लाख रुपैया पुरस्कार पाउनेछ भने उप–बिजेताले ५० हजार पाउनेछ । खेलकुद महोत्सवमा कुस्ति प्रतियोगितासमेत हुने आलेले जानकारी दिनुभयो । ‘आपसी सद्भावको पहिचान सिमरालाई नमुना एवं व्यापारिक केन्द्र बनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सिमरा रंगशालामा महोत्सव हुन लागेको हो ।
महोत्सवमा झन्डै ४०० स्टल रहने आयोजक मुल समारोह समितिका सह–संयोजक आरिफ हुसेनले जानकारी दिनुभयो । हुसेनका अनुसार ५० हजार भन्दा बढि दर्शकले महोत्सव हेर्नेछन् भने करिव २ करोड बराबरको करोवार हुनेछ । महोत्सव सिसि टिभिको निगरानीमा हुने हुसेनले बताउनुभयो ।
मेलामा अटोमोबाईल प्रदर्शनी, कृषि तथा हस्तकालको प्रदर्शनी, ४ दर्जन भन्दा बढि कलाकारहरुद्धारा गायनको बेजोड प्रस्तुती, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्रान्डका मोबाईल तथा ईलोक्टोनिक्स सामानको प्रदर्शनी, वाल उद्यान, लत्ता कपडा तथा भाडाकुडाको प्रदर्शनी, नृत्य प्रतियोगिता, सास्कृतीक प्रदर्शनी, व्यापार तथा पर्यटकीय प्रदर्शनी, सिमरा आईडल, डान्स प्रतियोगिता, निशुल्क स्वास्थ्य शिविर, साथमा चर्चित लोक गायक÷गायिकाहरुद्धारा दोहोरी गित प्रस्तुतका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने हुसेनले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे सल्लाहार समितिका संयोजक दिनेश राईले सबैको साथ र सहयोगले मेला सफल हुने बताउनुभयो । कार्यक्रममा संयोजक हरि चौधरी, सल्लाहार समितिका सदस्य मनोज पौडेल, कोषाध्यक्ष शालिकराम अधिकारी, सचिव शैलेसराज अर्याल, बरिष्ठ पत्रकार रेशम तिवारी, बिदुर खड्का लगायतको उपस्थिति रहेको थियो । मुल आयोजक समारोह समितिका उप–संयोजक आरिफ हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेस संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।















