करोडौको लगानीमा बाख्रा पालन शुरु

ए वान डेस्क
५ बैशाख २०७५, बुधबार २०:०२

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १५ स्थित डुमरवानाका स्थानीय यूवाहरुको समूहले एक करोडको लगानीमा सामुहिक बाख्रा पालनको शुरुवात गरेका छन् । ‘एकिकृत कृषि तथा पशुपालन समूह’ मार्फत डुमरवानाका ति युवाहरुले सामूहिक लगानीमा बाख्रापालन शुरु गरेका हुन् ।

सामुहिक बाख्रा पालन गर्नका लागी डेढ विगाहा जग्गा भाडामा लिएर खोर बनाईएको समूहका सदस्य रविन्द्रराज भण्डारीले जानकारी दिनुभयो । ‘अहिले हामीले थोरै बाख्रा हालेका छौ, पछि बिभिन्न प्रजातिका बाख्रा हाल्नेछौ’ भण्डारीले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*