छिट्टै शैक्षिक निति लागु गर्छो : नगर प्रमुख डा. पौडेल

ए वान डेस्क
८ बैशाख २०७५, शनिबार १५:०५

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा.कृष्ण पौडेलले शैक्षिक गुणस्तर बृद्धि गर्न उप–महानगरपालिकाले छिट्टै शैक्षिक निति लागु गर्ने बताउनुभएको छ । वडा नम्बर ११ स्थित अम्बाडारमा रहेको नेपाल राष्ट्रिय निम्न माद्यामिक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले यस्तो बताउनुभएको हो ।

उहाले विकास निमार्णको काममासमेत एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धरले समय–समयमा वितरण गरिने यस्ता शैक्षिक सामाग्रीले बिद्यार्थीहरुलाई शिक्षा लिन थप हौषला प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले हिंसा रहित समाज निमार्ण गर्न बिद्यार्थीहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । नेरामाविका करिव २०० जना बिद्यार्थीहरुलाई हिमालयन क्लाईमेट इनिसिएटिभ काठमाण्डौले आज शैक्षिक सामाग्री वितरण गरेको हो ।

हिमालयन क्लाईमेट इनिसिएटिभका संस्थापक प्रशान्त सिंहले गरिव बिपन्न बिद्यार्थीहरुलाई यसरी शैक्षिक सामाग्री वितरण गर्न पाउदा आफुहरु निकै खुशि भएको बताउनुभयो । कार्यक्रममा बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरी, वडा नम्बर ११ का वडा अध्यक्ष बिनोद यादव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिद्यालयका प्राचार्य देवेन्द्र पण्डितले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रेमबहादुर बोहराले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*