सैलुन जादै हुनुहुन्छ ? मुल्य दोब्बर बढेको छ है, यस्तो छ रेटलिष्ट
ए वान डेस्क /
सैलुन जादै हुनुहुन्छ ? यदि जादै हुनुहुन्छ भने नया रेटलिष्ट हेरेर मात्र जानुहोस्, किनकी नाइ संघ बाराले चैत्र १ गतेदेखि लागु हुने गरी नया रेटलिष्ट तयार गरेको छ । नाइ संघ बाराको फागुन १० गतेको निर्णय अनुसार नया रेटलिष्ट दोब्बर बनाईएको छ ।
जसका कारण अहिले नाइ संघ बाराको तिब्र रुपमा आलोचना भईरहेको छ । मनलाग्दी रुपमा नाइ संघले रेट बढाएकोभन्दै असन्तुष्टि बढेको छ । नाइ संघ बाराका एक सदस्यले लामो समयदेखि बारामा रेट नबढेकोभन्दै दोब्बर रेट बढाईएको ए वान समाचारलाई बताए । रेट बढेको बारे शर्वसाधारणलाई पनि थाहा छैन् ।
सैलुन पुगेपछि मात्रै रेट बढेको शर्वसाधारणलाई थाहा हुन्छ । ‘कपाल काटेपछि पैसा दिनुपर्यो भनेर खल्तिबाट ४० रुपैया निकालेर दिए, सैलुनवालाले ८० रुपैया भयो भन्दा म त अच्चमीत भए’ सिमराका रोशन लामाले भन्नुभयो ।
यस बिषयमा हामीले नाइ संघ बाराका अध्यक्ष ठगई ठाकुरसंग कुरा गर्न खोज्दा उहाको फोन उठेन् । यस्तो छ नया रेटलिष्ट :
















