जीतपुरसिमरामा सुत्केरी र गर्भवती महिलालाई कुखुरा वितरण

ए वान डेस्क
२३ बैशाख २०७५, आईतवार १५:०८

बहुक्षेत्री पोषण कार्यक्रम अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाको भलुहीमा सुत्केरी र गर्भवती महिलालाई कुखुरा वितरण गरिएको छ । शरिरमा आवश्यक पोषणयुक्त आहारका निम्ति जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ को वडा कार्यलयले एक कार्यक्रमका बिच कुखुरा वितरण गरेको हो ।

 

भलुही एक सय ५० जना महिलालाई दुई वटा कुखुराका दरले वितरण गरिएको वडाअध्यक्ष अस्लम देवानले जानकारी दिएका छन् । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत उपमहानगरले अहिले विभिन्न वडामा पोषणयुक्त आहारको अभियान चलाईरहेको छ ।

कार्यक्रममा सामाजिक बिकास समिति संयोजक शोभा कार्की, सामाजिक बिकास शाखाका हरिकिशोर साहलगायतको उपस्थिती रहेको थियो । कार्यक्रम वडाअध्यक्ष देवानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*